बब्लु गुप्ता

काठमाडौं, माघ ५ गते । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले आज सोमबार औपचारिक रूपमा मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

Bablu Gupta

गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आगामी चुनाव लड्ने तयारी गरेका छन् । चुनावी अभियानमा सक्रिय रूपमा होमिनुपर्ने भएकाले आफूले राजीनामा दिएको उनले बताएका छन् ।

उनले आफ्नो राजीनामाबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको समेत उल्लेख गरेका छन् । चुनावी प्रतिस्पर्धामा पूर्ण रूपमा केन्द्रित हुनका लागि नै यो निर्णय लिएको गुप्ताको भनाइ छ ।

गुप्ताको राजीनामासँगै युवा तथा खेलकुद मन्त्रालय नेतृत्वविहीन भएको छ भने आगामी दिनमा नयाँ मन्त्री नियुक्ति हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *