araniko higway 1 9

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।

araniko higway 1 9

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। कोशी, मधेश, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको छ। साथै, कोशी, मधेश, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।

महाशाखाले एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो, तथा भू-क्षय जस्ता प्रकोपहरूको जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *