काठमाडौं, आज विश्व आदिवासी दिवसको ३०औं वार्षिकोत्सव काठमाडौंमा विशेष झाँकी प्रदर्शनसहित मनाइयो। यस वर्षको मूल नारासँगै, संयुक्त राष्ट्रसंघले स्वेच्छिक रूपमा अलग बसिरहेका र हालै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षणमा ध्यान केन्द्रित गरेको छ।

यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्याली निकालिएको छ। मगर, थारु, नेवार, तामाङ, राई, लिम्बू लगायतका जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्याली निकालेका छन्। र्यालीमा सहभागीहरू परम्परागत पोशाकमा सजिएका छन्।

भृकुटीमण्डपबाट सुरु भएको र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मुख्य समारोहमा परिणत भएको थियो।
