काठमाडौं, काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ। दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि जित्नबाट वञ्चित भएको हो।

भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५, र १५–५ को सेट स्कोरमा हराउँदै उपाधि जितेको हो। भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै शीर्ष स्थान हासिल गरेको हो।
पहिलो सेटमा नेपालले सुरुमा अग्रता बनाएको भए पनि भारतले लगातार ४ अंक जोडेर पहिलो टाइमआउट पछि २२–१९ को स्थिति बनाए। नेपालले अन्ततः पहिलो सेट २५–२३ ले जित्यो।
दोस्रो सेटमा भारतले ६–४ को अग्रता लिएर नेपाललाई १०–५ ले पछ्यायो। नेपालले २४–११ को अवस्थामा भारतको अग्रतालाई घटाउँदै २५–१४ ले दोस्रो सेट गुमायो।
तेस्रो सेटमा नेपालले १७–१२ को अग्रता लियो र २०–१५ मा सेट २५–२२ ले जित्यो। चौथो सेटमा भारतले लगातार २ सर्भिसमा गल्ती गर्दा नेपालले २ अंक जोडे पनि भारतले २५–२१ ले सेट जित्दै खेललाई पाँचौं सेटमा लम्बायो।
पाँचौं सेटमा नेपाल ८–२ ले पछि पर्यो र कोर्ट परिवर्तनपछि भारतले १५–५ ले सेट जित्दै उपाधि हात पार्यो। यसअघि पनि भारतले २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपमा नेपाललाई हराएको थियो।