Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 2

काठमाडौं, देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापीय प्रणाली सक्रिय रहेको उल्लेख गरिएको छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 2

हाल कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा छ।

आज दिउँसोको अवस्था
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

आज रातिको अवस्था
कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सफा रहनेछ।

महाशाखाले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा सम्भावित हल्का वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने बताएको छ। त्यसैले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *