काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यसले गर्दा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने अन्य भागमा पनि समान अवस्था रहने अनुमान छ।
आज राति पनि पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सम्भावित बाढी, पहिरो, र भूक्षय जस्ता प्रकोपबाट जोगिन महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
