uk movmentViolent protests in Britain after the murder of three girls, 150 people arrested

एजेन्सी रिपोर्ट,बेलायतको मर्सीसाइडमा चर्चित गायिका टेलर स्विफ्टको थिममा आयोजित डान्स पार्टीमा तीन बालिकाको हत्या भएको घटनापछि भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म १५० जनालाई पक्राउ गरिएको छ।

uk movment

स्थितिको गम्भीरता को ध्यानमा राख्दै, सोमबार प्रधानमन्त्रीको सरकारी निवास १० डाउनिङ स्ट्रिटमा आकस्मिक बैठक बोलाइएको छ।

प्रधानमन्त्री केयर स्टार्मरले रोटरडमको होटलमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै आकस्मिक बैठकको आवहान गरेका छन्। उनले अराजकता सिर्जना गर्न खोज्ने व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथ जस्ता विभिन्न क्षेत्रहरूमा हिंसात्मक प्रदर्शनहरू विरुद्ध कारबाही गरेको छ।

प्रधानमन्त्री स्टार्मरले हिंसात्मक प्रदर्शनको निन्दा गर्दै बेलायतका नागरिकहरूको सुरक्षाको अधिकारको पक्षमा रहेर बयान दिएका छन्। उनले भने, “हामीले मुस्लिम समुदायलाई लक्षित गरिएको देख्यौं। मस्जिदहरूमा आक्रमण भएका छन्, अन्य अल्पसंख्यक समूहहरूलाई पनि निशाना बनाइएको छ। प्रहरीमाथि आक्रमण भएको छ र जातीय नारा लगाएर हिंसा भएको छ। यसलाई अति दक्षिणपन्थीको निर्मम हिंसा भन्न मलाई कुनै हिचकिचाहट छैन।”

रोटरडमको होटलमा राजनीतिक शरण लिने प्रयास गर्दै आएका मानिसहरूलाई राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *