काठमाडौँ, युक्रेनले सोमबार रुसमा व्यापक ड्रोन आक्रमण गरेको छ, जसले दुई ठूला सहरमा ठूलो क्षति पुर्याएको छ। यस आक्रमणका कारण धेरै घरमा क्षति पुगेको छ भने एक महिला घाइते भएकी छन्। रुसी मिडियाका अनुसार, युक्रेनी ड्रोनले रुसको एंगेल्स सहरमा रहेको एयरबेसलाई निशाना बनाएको थियो, जसलाई रुसी वायु रक्षा प्रणालीले रोक्न खोज्यो।

यसैबीच, साराटोभको एउटा अग्लो भवनमा र एंगेल्सको अर्को भवनको छतमा ड्रोन ठोकिएका छन्। भवनको भग्नावशेषले गर्दा धेरै सवारीसाधनमा क्षति पुगेको छ।
बीबीसी रुसी सेवाका अनुसार, टेलिग्राम च्यानल म्यासमा सार्वजनिक गरिएको भिडिओमा ड्रोन ३७ तले आवासीय भवनमा ठोकिएको र त्यसपछि विस्फोट भएको देख्न सकिन्छ। धेरै च्यानलहरूले जारी गरेका तस्बिरहरूमा भवनका तीन तलाका झ्यालहरू क्षतिग्रस्त भएको देखिएको छ।
हालसम्म कसैको मृत्युबारे जानकारी प्राप्त नभएको बीबीसीले जनाएको छ।