An investigation into the body of a newborn baby found in a dustbin in Pyuthan has begun 1

काठमाडौं, प्यूठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनमा नवजात शिशुको शव फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

An investigation into the body of a newborn baby found in a dustbin in Pyuthan has begun 1

बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरेको थियो।

जिल्ला प्रहरी कार्यालय, प्यूठानका डीएसपी दिपेश बस्यालका अनुसार, बिहीबार राति नै शिशुको शव फाल्ने किशोरी र किशोरलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जना नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन।

अनुसन्धानको क्रममा, कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले शिशुको शव फालेको स्वीकार गरेको डीएसपी बस्यालले जानकारी दिए।

मेडिकल जाँचबाट शिशुको जन्म ५/६ दिनअघि भएको पुष्टि भएको छ। किशोरीले प्रहरीलाई शिशुको हत्या आफूले नै गरेको बयान दिएकी छिन्।

उनको बयानको आधारमा प्रहरीले १८ वर्षीय एक किशोरलाई पनि पक्राउ गरेको छ। जिल्ला अदालत प्यूठानबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार किशोरीको बुवा निधन भइसकेको र आमा दुबईमा रोजगारीमा रहेको पाइएको छ। किशोरीले बच्चा रुन थालेपछि मुख थुन्दाको कारण मृत्यु भएको बताएकी छिन्।

मेडिकल रिपोर्ट आउन बाँकी भए पनि सालनाल नझरेका कारण किशोरीलाई अहिले जिल्ला अस्पताल बिजुवारमा भर्ना गरिएको छ। थप अनुसन्धान जारी रहेको डीएसपी बस्यालले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *