काठमाडौँ, त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई कार्यालय समयभित्र टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने योजना तयार गरिएको छ।

कर्मचारीहरूले कार्यालय समयमा यी सञ्जालहरूमा बढी व्यस्त हुने गुनासो आएपछि विश्वविद्यालयले यसलाई नियन्त्रण गर्नुपर्ने निर्णय गरेको हो।
हालसम्म कुनै ठोस निर्णय गरिएको छैन, तर त्रिवि रजिस्ट्रारको कार्यालयले यस विषयमा छलफल अगाडि बढाएको छ। रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार विभागीय प्रमुखहरूसँग छलफल गरेर सुझाव संकलन गरिएको छ र आगामी दिनमा सोसल मिडिया नियमन गर्ने निर्णय गर्न सकिन्छ।
नियमनको उद्देश्य सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रदान गर्नु रहेको बताइएको छ। खाजा समय मात्रै कार्यालय खोल्ने र अन्य समयमा बन्द गर्ने विषयमा समेत छलफल भइरहेको छ। विभागीय प्रमुखहरूसँग सुझाव प्राप्त गरेपछि निर्णय लागू गरिने छ।