Untitled design 38

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सेवामा सजिलो भएको छ।

Untitled design 38

एक महिनाअघि बागमती प्रदेश श्रम, रोजगार, र यातायात मन्त्रालयद्वारा स्थापित यो कार्यालयले विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा दिएको छ। यसअघि, सेवाग्राहीलाई काठमाडौँ उपत्यकाका कार्यालयमा जानु पर्ने बाध्यता थियो।

गएको असार १६ गते स्थापित यो कार्यालयले हालसम्म दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरेको छ। कार्यालयका प्रशासन प्रमुख र सूचना अधिकारी पवन बजगाईँका अनुसार, प्रारम्भिक दिनभन्दा हाल सेवाग्राहीको संख्या दैनिक रूपमा वृद्धि भइरहेको छ।

वर्तमानमा बनेपामा स्थित कार्यालयले ‘ब्लुबुक’ नवीकरण, रुट परमिट जारी, रुट परमिट नवीकरण, रुट परमिट पटके, पञ्जीकरण, र सवारीसाधन करसम्बन्धी सेवाहरू प्रदान गर्दैछ।

काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, र रामेछापका सेवाग्राहीलाई लक्षित गरेर कार्यालय स्थापना गरिएको हो। बागमती प्रदेश सरकारले साउनबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ।

नयाँ सवारी चालक अनुमतिपत्रको लागि कार्यालयले ‘ट्रायल सेन्टर’ सञ्चालन गर्न निजी क्षेत्रसँग समन्वय गर्न प्रक्रिया अघि बढाएको जनाएको छ।

त्यसैगरी, आवश्यक जनशक्ति व्यवस्थापन गरी सवारी प्रदूषण जाँचपास र सवारी चालक अनुमतिपत्र नवीकरणजस्ता अन्य यातायातसम्बन्धी कार्यहरू पनि थालिने बताइएको छ। बजगाईँले भने, “सेवा लिन आएका नागरिकलाई छिटो र प्रभावकारी सेवा दिने हाम्रो लक्ष्य छ।” कार्यालयले करिब एक महिनामा रु १ करोड ७७ लाख ४८ हजार सात सय राजस्व सङ्कलन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *