Toronto Nationals have won the Global T-20 Canada League titleToronto Nationals have won the Global T-20 Canada League title

काठमाडौं, गएको राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आवद्ध टोरोन्टो नेसनल्सले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ।

Toronto Nationals have won the Global T 20 Canada League title

टोरोन्टोले ९७ रनको लक्ष्यलाई २ विकेटको क्षतिमा ३० बल बाँकी रहँदा पूरा गर्‍यो। आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए। मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक–एक विकेट लिए।

मोन्ट्रियलले टस हारेर पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाउँदै ९६ रन बनाएको थियो। कोर्बिन बोशले ३५ रन बनाए, जसकरण सिंहले १६ रन जोडेका थिए भने अनुप रविले १० रन बनाए।

टोरोन्टोका जसन बेहरेन्डोर्फले ३, रोमारिओ शेफर्डले २, र जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक–एक विकेट लिए।

नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध टोली भने लिगको अन्तिममा रहँदै बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *