काठमाडौं, आज साउन महिनाको अन्तिम सोमबारको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो भीड लागेको छ। साउन महिनाको प्रत्येक सोमबार व्रत बसेर भगवान शिवको पूजा गर्ने भक्तजनहरूले आज विधिपूर्वक आफ्नो व्रत समाप्त गर्दैछन्।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिन्छ, त्यसैले श्रद्धालुहरू यस दिन व्रत, पूजापाठ, दानलगायत धार्मिक क्रियाकलापमा संलग्न हुन्छन्। धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यसरी पूजा गर्नाले सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने विश्वास छ।
बोलबम तीर्थयात्रीहरू पनि देशभरका शिवालयमा भिड लगाएका छन्। काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि घुइँचो लागेको छ।
पशुपतिनाथ मन्दिरमा पूजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रुहरूको सुविधाका लागि पशुपति क्षेत्र विकास कोषले बिहानैदेखि सहज दर्शनको व्यवस्था गरेको छ। सुरक्षा, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, खानेपानी आदि व्यवस्था गरिएको छ।
काठमाडौंको पशुपतिसहित, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्न र बोलबम मेला भर्न आउनेहरूको घुइँचो रहेको छ।
Today, the last month of July, many devotees to Pashupati Shivalaya
Kathmandu, Today, on the occasion of the last Monday of the month of July, there is a huge crowd of devotees in temples across the country including Pashupatinath. Devotees who worship Lord Shiva by fasting on every Monday in the month of July are formally ending their fast today.

Monday in July is considered to be the favorite day of Lord Shiva, so devotees engage in religious activities such as fasting, worship, charity on this day. Theological expert Dr. According to Basudevkrishna Shastri, worshiping in this way is believed to bring happiness, peace, prosperity and family well-being.
Bolbam pilgrims also throng temples across the country. Bolbam devotees have been thronging since morning, offering water brought from Sundari Jal in Kathmandu to Pashupati.
For the convenience of pilgrims and Bolbam travelers who came to worship at the Pashupatinath temple, the Pashupati Area Development Fund has made arrangements for easy darshan since morning. Security, volunteer mobilization, health camps, drinking water etc. have been arranged.
Along with Pashupati in Kathmandu, many temples including Doleshwar in Bhaktapur, Kumbheshwar in Lalitpur, Mahadev Halesi in the East, Pindeshwar in Sunsari, Galeshwar in Myagdi, Kusheshwar in Kapilvastu, Gupteshwar in Parbat, Kapileshwar in Janakpur, Sireshwar in Jaleshwar and Kalaneshwar have also seen a large crowd of devotees since morning.
Devghatdham, the confluence of Chitwan, Nawalparasi and Tanahun, is also crowded with people who come to worship and fill the Bolbam Mela on the last Monday of July.