Overwhelmed by Monsoon winds heavyToday the 159th birth anniversary of young poet Motiram Bhatt is being celebrated with various literary programs rains in some places

काठमाडौँ, आज विभिन्न साहित्यिक कार्यक्रमका साथ राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औं जन्मजयन्ती मनाइँदैछ।

Overwhelmed by Monsoon winds heavyToday the 159th birth anniversary of young poet Motiram Bhatt is being celebrated with various literary programs rains in some places

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका मोतीराम भट्टको विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा गहन योगदान पुर्‍याएका थिए।

युवाकवि भट्टले नेपाली साहित्यको शृङ्गार रसमा महत्वपूर्ण योगदान दिनुका साथै आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। नेपालमा छापाखाना भित्र्याउने क्रममा उनले पत्रकारिताको सुरुआत पनि गरेका थिए।

आजको दिवसको अवसरमा नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले विशेष साहित्यिक कार्यक्रमहरूको आयोजना गरेका छन्, जसले भट्टको योगदान र नेपाली साहित्यमा रहेको स्थानलाई स्मरण गर्दै सम्मानित गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *