Today Sunday the opening match of the SAFF U 20 Championship will be played between the home team Nepal and Sri Lanka

काठमाडौँ, आज (आइतबार) साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेल घरेलु टोली नेपाल र श्रीलंकाबीच हुनेछ।

Today Sunday the opening match of the SAFF U 20 Championship will be played between the home team Nepal and Sri Lanka

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।

पहिला काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने तय गरिएको थियो, तर खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो।

एन्फा कम्प्लेक्समा हुने खेलको टिकट दर ३ सय रूपैयाँ तोकिएको छ।

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। यी राष्ट्रहरूलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ए मा रहेको छ, जसमा बंगलादेश र श्रीलंका पनि छन्।

समूह बी मा भारत, मालदिभ्स र भुटान रहेका छन्। प्रत्येक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपाली युवा टोलीमा यी खेलाडीहरू समावेश छन्:
जियारथ शेख (गोलकिपर), कृषल मोक्तान (गोलकिपर), विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *