काठमाडौँ, आज संबिधान दिवसको दिन नेकपा (बहुमत) ले बानेश्वरमा भब्य आम सभाको आयोजना गरेको छ। कोटेश्वर चोक बाट सुरुभएको जनप्रदर्शन मिनभवन अगाडी आम सभामा परिणत भएको थियो। भ्रस्टाचार बिरुद्धको जनएकता अभियान अन्तरगत शहकारी ठगि, मिटर ब्याज तथा जनजीविका लगायत शिक्षा स्वास्थ्यको महंगी, ब्यथिति बिरुद्दको नाराले प्रदर्शन घनकिएको थियो।

हजारौ क्याडरहरु बिच प्ले काडमा सजिएको जनजीविकाको नारा र रातो झन्डाले प्रदर्शन सजिएको थियो।
केन्द्रिय समितिको आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बक्ता पार्टी संयोजक धर्मेन्द्र बास्तोलाले गर्नुभएको थियो। विथ्यर्थी नेता मिलन राई, युवा अध्यक्ष हरिस भट्ट लगाएतले सम्बोधन गर्नुभएको थियो, संचालन सरद रसाईलीले गर्नुभएको थियो।

यो व्यवस्था बाट केहि नहुने बरु राष्ट्रघातको श्रिङ्ग्खला अगि बढ्ने र देशलाई जबर्जस्त द्वन्दमा लैजाने खतरा छ। यस संसदीय व्यवस्थाले कसैलाई न्याय नदिने बरु भ्रस्टाचार, ठगिधन्दा र महंगी बढ्ने र यस भित्र आफ्नो लुटको साम्राज्य चलाउने नेता धर्मेन्द्र बास्तोलाले बताउनु भयो।

न्याय र समृद्ध समाज, यो व्यवस्थामा हुने सक्दैन बरु यो व्यवस्था फालेर वैज्ञानिक समाजवादमा मात्र सम्भब रहेको जोड दिनु हुदै, यो व्यवस्था फाल्नलाई जनतालाई जोडदार आहवान नेता धर्मेन्द्र वास्तोलाले गर्नुभयो।

देशमा दुई सत्ताको अभ्यास भएको भन्दै न्याय र अधिकारको लागि जनताको साचो सरकार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अन्तर्गतको सत्तामा निबेदन हाल्नुस, यसले न्याय र अधिकार दिलाउछ, भन्दै आफ्नो महत्वपुर्ण भनाई राख्नुभएको थियो।

युवा विद्यार्थीहरुलाई शिक्षा, स्वास्थ्य आम जनताको पहुचमा पुर्याउन यो यो व्यवस्थामा सम्भब नभएकोले अन्तिम पल्ट युवा विध्यर्थिहरुले वैज्ञानिक समाजवादको लागि एउटा कस्टकर यात्राको लागि साहस गर्नुपर्ने भनाई राख्दै, विद्यार्थी नेता मिलन राईले युवा विद्यार्थीहरुलाई आहवान गर्नु भयो।

भ्रस्टाचार बिरुद्धको जनएकता अभियानलाई झन ससक्त बनाउदै लैजाने भन्दै उक्त सभा सभाका अध्यक्ष कृस्ण धमला (गम्भिर) ले समापन गर्नुभएको थियो।
