Untitled design 57

काठमाडौँ, आज आइतबार, वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ। यो भोटो जात्रा करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनेर चिनिन्थ्यो, जसको नाम “जा” (भात) र “वला” (छर्ने) मिलाएर राखिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार, यो जात्रा भूत र प्रेतलाई खाना दिनको लागि गरिएको विश्वास गरिएको छ।

Untitled design 57

भोटो जात्रा सुरु भएको सही तिथिमिति भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। मच्छिन्द्रनाथको यात्रा करिब एक हजार तीन सय वर्षअघि सुरु भएको हो। किंवदन्तीअनुसार, यो यात्रा सुरु भए पछि नागराज कर्कोटककी रानीको आँखा दुख्न थाल्यो। कर्कोटक वैद्यको खोजी गर्दा खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानेर नागलोकमा लगे।

किसानले मच्छिन्द्रनाथको प्रार्थना गरेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुखाइ निको भयो। पुरस्कारस्वरूप मणि माणिक्यको युक्त भोटो किसानलाई दिइयो, जसले मनुष्यलोकमा फर्किने मौका पायो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले।

मनुष्यरुपी भूतले भोटो चोरेको भन्दै किसानले खोजे, तर पाएनन्। जब मच्छिन्द्रनाथको जात्रा हेर्न गएका किसानले देखे कि पुरस्कारस्वरूप पाएको भोटो भूतले लगाएको छ, तब विवाद सुरु भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गर्दा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्षमा पुगेपछि मच्छिन्द्रनाथको जिम्मामा राखियो।

वर्तमानमा, गुठी संस्थान ललितपुरका प्रतिनिधिहरुले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गर्दै आएका छन्। आजको जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुनेछन्, र यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *