Today is the first presidential debate between the two candidates of the US presidential election

काठमाडौं, अमेरिकी राष्ट्रपति चुनावको निर्णायक बहस आज फिलाडेल्फियामा हुने छ, जसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भिड्नेछन्।

Today is the first presidential debate between the two candidates of the US presidential election

करिब ९० मिनेट लामो यो बहस स्थानीय समय अनुसार राति ९ बजेदेखि सुरु हुनेछ। बहसका क्रममा ह्यारिस र ट्रम्पलाई घरेलु नीति, कर कटौती र परराष्ट्र मामिला लगायतका महत्वपूर्ण विषयमा प्रश्न गरिनेछ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरूको अनुसार, मतदाताले उम्मेदवारहरूको प्रस्तुतिलाई बढी महत्व दिने अपेक्षा गरिएको छ। ट्रम्पको यो पाँचौं राष्ट्रपतिय बहस हो भने ह्यारिसको पहिलो हो।

ह्यारिसले बहसका लागि पूर्वाभ्यास पनि गरेको जानकारी प्राप्त भएको छ। हालसम्म गरिएका सर्वेक्षणहरूमा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *