Melamchi water will be distributed in Kathmandu valley within three days 1 1

काठमाडौँ, यस वर्षको मनसुन आजदेखि पूर्णरूपमा देशभरबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजबाट सम्पूर्ण देशबाट बहिर्गमन भएको हो।

Melamchi water will be distributed in Kathmandu valley within three days 1 1

विभागले आज अपराह्न जारी गरेको सूचनामा बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज मनसुन बाहिरिएको जानकारी दिएको छ। यससँगै नेपालभरको मनसुन समाप्त भएको छ।

यसअघि, असोज २० गते सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही भागबाट मनसुन बाहिरिएको थियो भने असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा बाहिरिएको थियो। बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मात्रै बाहिरिएको मनसुन आजबाट भने पूर्णरूपमा समाप्त भएको हो।

यस वर्ष मनसुन जेठ २८ गते नेपालमा प्रवेश गरेको थियो। चार दिन ढिलो गरी असोज २० मा बाहिरिन सुरु भएको मनसुन आज अर्थात् छ दिनपछि पूर्णरूपमा बाहिरिएको विभागले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *