काठमाडौं, बंगलादेशका राष्ट्रपति महोम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन्।

मंगलबार संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भने, “बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ।” राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि जनाइएको छ।
त्यहाँको संसद् जनवरी ७ मा निर्वाचनमार्फत बनेको थियो।
बंगलादेशमा आन्दोलनरत विद्यार्थीहरूले संसद् विघटन गर्न मंगलबार दिउँसो ३ बजेसम्मको समय सीमा दिएका थिए र समयसीमा पूरा नभए कडा कदम चाल्ने चेतावनी दिएका थिए। विद्यार्थीहरूले सेनाले बनाएको सरकारलाई स्वीकार नगर्ने पनि स्पष्ट पारेका छन्।