The parliamentary hearing committee approved the names of Nepali ambassadors for 16 countries on Thursday

काठमाडौँ, संसदीय सुनुवाइ समितिले बिहीबार सिंहदरबारमा बसेको बैठकमा १६ देशका लागि नेपाली राजदूतहरूको नाम अनुमोदन गरेको छ। सभापति ईश्वरी न्यौपानेका अनुसार सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि राजदूतहरूको नाम स्वीकृत गरिएको छ।

The parliamentary hearing committee approved the names of Nepali ambassadors for 16 countries on Thursday

समितिको निर्णयअनुसार निम्न व्यक्तिहरूको नाम अनुमोदन भएको छ:

  • चीन: प्राडा कृष्णप्रसाद ओली
  • डेनमार्क: सुम्निमा तुलाधर
  • जर्मनी: डा. शैल रुपाखेती
  • भारत: शंकरप्रसाद शर्मा
  • इजरायल: डा. धनप्रसाद पण्डित
  • मलेसिया: डा. नेत्रप्रसाद तिमल्सिना
  • पाकिस्तान: रीता धिताल
  • पोर्चुगल: प्रकाशमणि पौडेल
  • कतार: रमेशचन्द्र पौडेल
  • रुस: जंगबहादुर चौहान
  • दक्षिण अफ्रिका: प्राडा कपिलमान श्रेष्ठ
  • साउदी अरब: नरेशविक्रम ढकाल
  • दक्षिण कोरिया: डा. शिवमाया तुम्बाहेम्फे
  • स्पेन: सनिल नेपाल
  • बेलायत: चन्द्र कुमार घिमिरे
  • अमेरिका: लोकदर्शन रेग्मी

तर, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम शैक्षिक प्रमाणपत्र सम्बन्धी प्रश्न उठेकाले अनुमोदन भएन। उक्त मुद्दामा अर्को बैठकमा छलफल हुनेछ।

अनुमोदन भएका राजदूतहरूको सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपति द्वारा नियुक्ति र शपथग्रहण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *