The order to increase the military strength of Russia by 180 thousand the number of active soldiers will reach 1.5 million

काठमाडौं, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको सैन्य संख्या १ लाख ८० हजारले बढाउने आदेश दिएका छन्। यस आदेशले सक्रिय सैनिकहरूको संख्या १५ लाख पुग्नेछ, र रुस चीनपछि संसारको दोस्रो सबैभन्दा ठूलो सैन्य बल हुने छ।

The order to increase the military strength of Russia by 180 thousand the number of active soldiers will reach 1.5 million

सरकारी वेबसाइटमा प्रकाशित सो आदेश डिसेम्बर १ देखि लागू हुने छ, जसअनुसार रुसको सम्पूर्ण सशस्त्र फौजको संख्या २३ लाख ८० हजार पुग्नेछ। प्रमुख सैन्य थिंक ट्यांक, इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजको तथ्यांकअनुसार, यस आदेश लागू भएपछि रुसले सक्रिय सैनिक संख्यामा अमेरिका र भारत दुवैलाई उछिन्नेछ। चीनसँग २० लाखभन्दा बढी सक्रिय सैनिक छन्।

पुटिनले २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण थालेयता सैन्य संख्या बढाउने आदेश तेस्रोपटक दिएका छन्। कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले घुसेर आक्रमण गरेपछि यो आदेश जारी गरिएको हो। गत जुनमा पुटिनले युक्रेनसँगको युद्धमा करिब ७ लाख सैनिक सक्रिय रहेको बताएका थिए।

रुसले २०२२ को अन्त्यतिर ३० लाख जगेडा सैनिकलाई सेवामा भर्ती गरेको थियो, र स्वयंसेवक लडाकुहरूमा निर्भर रहँदै आएको छ। तर, यत्तिका धेरै सैनिकहरूको खर्च धान्न रुससँग पर्याप्त रक्षा बजेट नभएको भन्दै विश्लेषकहरूले प्रश्न उठाएका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *