The Newar community is celebrating Yomari Poornima festival and Jaapu Diwas with great enthusiasm today

काठमाडौं, नेवार समुदायले आज योमरी पूर्णिमा पर्व र ज्यापु दिवसको अवसरमा हर्षोल्लासका साथ मनाइरहेका छन्। काठमाडौंमा रैथाने नेवार समुदायले विशेष र्‍याली निकालेर यस पर्वको अवसरलाई महत्त्व दिएका छन्।

The Newar community is celebrating Yomari Poornima festival and Jaapu Diwas with great enthusiasm today

योमरी पूर्णिमा, जसलाई ‘योमरी पुन्हि’ पनि भनिन्छ, मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन मनाइन्छ। यो पर्व नेवार समुदायका लागि एक प्रमुख चाड हो र यसलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ। योमरी एक पारम्परिक व्यंजन हो, जुन नयाँ धानको चामलको पीठो, चाकु, र तिलबाट बनाइन्छ।

पर्वको अवसरमा आज बिहान सबेरैदेखि घरका महिलाहरू योमरी बनाउन व्यस्त छन्। नुहाइधुवाइपछि घर लिपपोत गरेर योमरी पकाउने परम्परा छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगका अनुसार, यो पर्वलाई नेवार समुदाय नवअन्नप्राशनको रूपमा पनि मनाउँछन्। योमरीमा दूधबाट बनेको खुवा, चाकु र तिल राखेर डल्लो बनाईन्छ।

नेवार समुदायको अर्को परम्परा अनुसार, योमरी पूर्णिमा अवसरमा धान राख्ने भकारी वा कोठीमा पूजा आराधना पनि गरिन्छ। गर्भवती चेलीबेटीलाई माइतीबाट तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने परम्परासमेत छ।

आजको दिनमा धान्य पूर्णिमाका रूपमा पनि पूजा आराधना र दानको कार्यक्रम चलिरहेको छ। मंसिर महिनामा धान भित्राएपछि शुक्ल पूर्णिमाको दिन धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र र महालक्ष्मीको पूजा गरिन्छ। नयाँ भित्रिएको धानलाई कुटेर चामल बनाइ, त्यसबाट विभिन्न प्रकारका परिकारहरू बनाइ देवताका लागि चढाइन्छ। यस अवसरमा काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, नुवाकोट र दुप्चेश्वरलगायत स्थानहरूमा मेलाहरू लाग्ने परम्परा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *