The Nepal government will honor Palesha Govardhan with an award of 65 lakh rupees

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले ओलम्पिक खेलकुदमा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने बताएका छन्।

The Nepal government will honor Palesha Govardhan with an award of 65 lakh rupees

पलेशाले पेरिस पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी थिइन्, जुन नेपाली खेलकुदको सबैभन्दा ठूलो उपलब्धि हो।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत पलेशालाई पुरस्कारमा लाग्ने कर छुट गरिने जानकारी दिएका छन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार, काँस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिइने व्यवस्था अनुसार सरकारले पलेशालाई यो पुरस्कार दिने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *