काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरेको छ जसमा कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा १६ सदस्यीय टोली चयन गरिएको छ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी समावेश छन्। देव खनाल रिजर्भ खेलाडीको रूपमा रहेका छन्।

टी-२० फर्म्याटको खेलमा भीम, आरिफ र अर्जुन टोलीमा फर्किएका छन्। नेपालले भदौ ३१ गतेदेखि आइसीसी लिग २ अन्तर्गत खेल खेल्न थालेको छ। क्यानडामा हुने खेल असोज १० सम्म जारी रहनेछ।
नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ। त्यसपछि ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र अन्तिम खेल ओमानसँग सेप्टेम्बर २४ मा हुनेछ।