Untitled design 42

चितवन, सिमलतालमा हराएको बसको खोजीका क्रममा त्रिशूली नदीमा एक १९ किलोको चुम्बक भेटिएको छ। सिँदुरेगैरामा आएको पहिरोका कारण त्रिशूलीमा हराएका दुईवटा बसको खोजी गर्न भारतीय प्राविधिकहरूले चुम्बक प्रयोग गर्दा यो चुम्बक फेला परेको हो।

Untitled design 42

चुम्बक र लाइफ ट्युब नारायणगढदेखि तल शिवघाटनजिकको काब्रेघाट नारायणी नदीमा भेटिएका हुन्। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, शनिबार भारतीय प्राविधिकहरूले १९ र १४ किलोका दुई चुम्बक प्रयोग गरेका थिए। यस क्रममा एउटा चुम्बक बगेर हराएको थियो।

असार २८ गते, शुक्रबार बिहान साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलताल क्षेत्रमा पहिरोका कारण दुईवटा बस त्रिशूली नदीमा बगेका थिए। ती बसमा ६५ यात्रु मध्ये ६२ जना त्रिशूलीमा बगेका थिए। बसको खोजीमा भारतीय राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)को १२ सदस्यीय टोलीले साउन ६ गतेदेखि सिमलताल क्षेत्रबाट खोजी सुरू गरेको थियो।

एक हप्ताको खोजीपछि पनि बस नपत्ता लागेपछि भारतीय टोली आइतबार फर्किसकेको छ। हराएका यात्रुको खोजीमा रहेको सुरक्षा टोलीले २५ शव फेला पारेको छ, जसमा १९ शव हराएका बसका यात्रुको भएको पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *