The meeting of the executive committee of Janata Samajwadi Party has started

काठमाडौं, जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको पूर्ण बैठक आजदेखि सुरु भएको छ।

The meeting of the executive committee of Janata Samajwadi Party has started

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय कार्यालय बालकुमारीमा मंसिर २८ र २९ गतेसम्मका लागि बोलाइएको बैठक भोलि शनिबारसम्म चल्नेछ।

बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा तथा पार्टी नेतृत्वको भूमिकाबारे गहन छलफल हुने पार्टी प्रचार विभागले जानकारी दिएको छ। साथै, ‘जनतासँग जसपा नेपाल, संगठन विस्तार अभियान’ को समीक्षा पनि बैठकको मुख्य एजेन्डामा छ।

बैठकले पार्टीको आगामी संगठनात्मक कार्यदिशा र निजी भवन निर्माणसम्बन्धी योजना समेत तय गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *