The leaders of RSWP are suddenly returning from China to Nepal

काठमाडौँ, रास्वपा का नेताहरू आकस्मिक रूपमा चीनबाट नेपाल फर्किदै । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १० दिने भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १४ जना नेताहरूले नेपालमा भइरहेको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर आकस्मिक रूपमा नेपाल फर्किन लागेको बताएका छन्।

The leaders of RSWP are suddenly returning from China to Nepal

टोलीका उपसभापति डा. स्वर्णिम वाग्लेले भने, “नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले हामी तत्काल फर्किन लागेका हौँ।”

टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो। यसमा पार्टीका विभिन्न नेता र कार्यकर्ता समावेश छन्, जसमा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, र कार्यवाहक प्रवक्ता मनिष झा लगायतका व्यक्तिहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *