काठमाडौंँ, मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिएका छन्।

उनका अनुसार मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुसार उपचार प्रक्रिया अगाडि बढाइएको छ।
साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको थियो। सोही दिनदेखि उनी उक्त अस्पतालमा उपचाररत छन्।
