काठमाडौं, रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ।
रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विस्फोटक पदार्थले विस्फोट गराएको जानकारी दिएकी छिन्।
प्रवक्ताले भने, “अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्युमा रहेको आवासीय भवनको प्रवेशद्वारनजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा गरेको छ। रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन्।”
पेट्रेन्कोका अनुसार, मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ। हाल अपराधको पछाडिको अवस्थाको गहिरो अनुसन्धान भइरहेको छ।
रासस/एएनआई