The group discussion ended at the Congress of the Revolutionary Communist Party in Kirtipur

काठमाडौँ, क्रान्तिकारी कम्युनिस्ट पार्टीको कीर्तिपुरमा जारी एकता महाधिवेशनको बन्दसत्रमा संयोजक मोहन वैद्य किरणले पेस गरेको राजनीतिक दस्तावेजसहितको प्रतिवेदनमाथिको समूहगत छलफल आज टुंगिएको छ।

The group discussion ended at the Congress of the Revolutionary Communist Party in Kirtipur

मंसिर १३ गते उद्घाटन समारोह सम्पन्न गरेपछि १४ गतेदेखि सुरु भएको बन्दसत्रमा विभिन्न १५ वटा प्रतिवेदनमाथि २० वटा समूह बनाएर छलफल गरिएको थियो। केन्द्रीय कार्यालयका सदस्यहरूले सुझाव दिएपछि संयोजक किरणले उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको नेता हुकुम सिंहले जानकारी दिए।

सिंहका अनुसार, मूल दस्तावेजसहित १५ वटा प्रस्तावमाथिको समूहगत छलफल सम्पन्न भइसकेको छ। उनले भने, “संयोजक किरणले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको संश्लेषण पछि भोलिबाट नेतृत्व चयन प्रक्रिया अघि बढ्ने सम्भावना छ।”

बन्दसत्रको पहिलो दिन वैद्यले ४१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अन्य प्रस्तावहरूमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट आन्दोलनको इतिहास, संगठनात्मक प्रस्ताव, जलवायु परिवर्तन, धर्म, जातीय नीति, आर्थिक नीति, र उत्पादनसम्बन्धी नीति कार्यक्रमसमेत समेटिएका थिए।

दोस्रो दिन विज्ञान प्रविधि र मार्क्सवाद, दलित नीति, महिला मुक्तिसम्बन्धी प्रस्तावहरू प्रस्तुत गरिएका थिए। विशेषगरी नेकपा मसाल समूहका नेताहरूले जनयुद्ध, माओवाद, र संघीयताको विषयमा फरक मत राखे पनि अधिकांश प्रतिनिधिले जनयुद्धलाई थप संश्लेषण गर्दै अघि बढ्नुपर्ने र माओवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्नुपर्ने मत राखेको सिंहले बताए।

महाधिवेशनमा देशभरका ५५० प्रतिनिधिहरू सहभागी छन्। २३ गतेसम्म नेतृत्वसहित नयाँ कार्यसमिति चयन गरेर महाधिवेशन सम्पन्न गर्ने योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *