The government has increased public transport fares

काठमाडौं, सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको भाडा ३.३० प्रतिशतले बढाइएको छ।

The government has increased public transport fares

विभागले पहाडी मार्गमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।

यस पटक दुई वा सोभन्दा बढी प्रदेशहरूमा सञ्चालन हुने राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा भाडा समायोजन गरिएको छ। पछिल्लो पटक ३१ साउन २०८० मा भाडा समायोजन गरिएको थियो, जसलाई अहिले पुनः समायोजन गरिएको हो।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा यस निर्णयमा सहमति दिएका थिए। विभागले सार्वजनिक यातायातसँग सम्बन्धित लगानी र खर्चहरूको अध्ययन, विश्लेषण तथा सरोकारवाला पक्षहरूसँगको परामर्शका आधारमा भाडा वृद्धि गरिएको जनाएको छ।

विभागका अनुसार श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र मुनाफा जस्ता मुख्य सूचकहरूको मूल्यवृद्धि आधारमा भाडा समायोजन गरिएको हो। राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दशैंमा अग्रिम बुकिङ खुल्दा व्यवसायीसँग भएको सहमतिअनुसार भाडा समायोजन गरिएकोमा खुशी व्यक्त गरे।

डिलक्स सवारीले २० प्रतिशत थप भाडा लिन पाउने

तोकिएको भाडामा डिलक्स सुविधा उपलब्ध गराउने सवारी साधनले २० प्रतिशत थप भाडा लिन सक्नेछन्। यो सुविधा लिन ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्नेछ। साथै, सुपर डिलक्स सुविधा लिएका सवारी साधनले पनि २० प्रतिशतसम्म थप भाडा लिन पाउने प्रावधान छ।

Sarbjjanik yatayat Bhada 1
Sarbjjanik yatayat Bhada 2
Sarbjjanik yatayat Bhada 3
Sarbjjanik yatayat Bhada 4
Sarbjjanik yatayat Bhada 5
Sarbjjanik yatayat Bhada 6
Sarbjjanik yatayat Bhada 7
Sarbjjanik yatayat Bhada 8
Sarbjjanik yatayat Bhada 9 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *