काठमाडौं, सरकारले काभा वुमन्स नेसन्स भलिबलका उपविजेता नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख, र व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोथेरापिस्टलाई जनही १ लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको हो।