balaju srastriya swatantra partyadak 11fit

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यस भेलाको उद्घाटन पौने ९ बजे हुनेछ।

balaju srastriya swatantra partyadak 11fit

भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, र विधान संशोधन जस्ता एजेन्डामा छलफल गरिनेछ। सभापति रवि लामिछाने राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कार्यवाहक महामन्त्री बुर्लाकोटी सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।

यस भेलाबाट राष्ट्रिय अभियानको घोषणा गरिनेछ र पहिलो महाधिवेशनको मितिसमेत निर्धारण हुनेछ। देशभरबाट १५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ।

भेलाले पार्टीलाई नीतिगत, वैचारिक, र सांगठनिक दृष्टिकोणमा थप परिपक्वता र स्पष्टता दिने अपेक्षा गरिएको छ। आजको पहिलो दिन बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जबकि सभापति लामिछानेको प्रतिवेदन बुधबार पेस हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *