The story of Swasthani fast starts from Paush Shukla Purnima 1

वासिङ्टन डीसी – अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डढेलो सुरु भएको एक हप्ता बितिसक्दा पनि आगलागी मत्थर हुने कुनै संकेत देखिएको छैन। नयाँ क्षेत्रमा डढेलो फैलने सम्भावना थपिएको छ।

The story of Swasthani fast starts from Paush Shukla Purnima 1

दक्षिण-पश्चिमी क्यालिफोर्नियाको ठूलो भागमा भीषण आगलागीको खतरा रहेको समाचार एजेन्सी एपीले जनाएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार राति लस एन्जलसमा ४५ देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो, जसको गति मंगलबार १२० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ। यसले अन्य क्षेत्रमा डढेलो फैलिन सक्ने चेतावनी दिइएको छ।

जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा अहिलेसम्म २४ जनाको मृत्यु भएको छ। डढेलो जनवरी ७ मा सुरु भएको थियो र यो पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको बताइएको छ। रोयटर्सका अनुसार लस एन्जलसको डढेलोमा अहिलेसम्म १३५ अर्ब देखि १५० अर्ब डलरसम्मको क्षति भएको छ। आगामी जनवरी २० मा राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *