Untitled design 63conflict of civil aviation authority of.........................

काठमाडौं, नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामकका रूपमा छुट्टाछुट्टै निकायमा विभाजित गर्नुपर्ने सुझाव दिएको छ।

Untitled design 63

आइतबार बेलुका कांग्रेस नेताहरूले प्रधानमन्त्रीलाई भेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) र युरोपियन युनियन (EU) को निर्देशन अनुसार यो विभाजन कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनीहरूको अनुसार, यो कार्यान्वयन गर्नमा दशकौं लागिसकेको छ।

कांग्रेस सांसदहरूले नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षामा संवेदनशीलता र कार्यकारी प्रमुख प्रदीप अधिकारीको भूमिका असन्तोषजनक रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले हवाई क्षेत्रका दुई निकायलाई छुट्याउने सम्भावनाबारे चर्चा गर्न तयार भएको र यसका लागि विधेयक ल्याउने तथा विभागीय मन्त्रीसँग छलफल गर्ने आश्वासन दिएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा पार्टी सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, र कांग्रेस सांसदहरू उदय शमशेर राणा, राजन केसी, सञ्जय गौतम, र राजेन्द्र बजगाईं सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *