Tension again in Bozeni clashes between locals and police over substation construction

काठमाडौं, शंखरापुर नगरपालिका–३ लप्सीफेदीको बोझेनी क्षेत्रमा फेरि स्थानीय र प्रहरीबीच तनाव उत्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीय र प्रहरीबीचको झडपका कारण गएराति पनि तनावपूर्ण अवस्था रह्यो।

Tension again in Bozeni clashes between locals and police over substation construction

प्रहरीले झडपमा संलग्न भएको आरोपमा १७ जनालाई नियन्त्रणमा लिएर चार जनालाई रिहा गरेको छ भने बाँकी १३ जना बौद्ध प्रहरीको हिरासतमा रहेका छन्। काममा अवरोध पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए।

विहीबार बिहान करिब ११ बजे सबस्टेसन निर्माणका लागि डोजर पुगेपछि स्थानीयले ढुंगा प्रहार गरी अवरोध सिर्जना गरेका थिए। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हस्तक्षेप गर्दा स्थिति तनावग्रस्त बनेको थियो। स्थानीयको आरोप अनुसार, प्रहरीको धरपकड राति नौ बजेसम्म जारी रहेको थियो।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ मा तामाकोशी र सुनकोशी नदी तथा सहायक खोलाहरूबाट उत्पादित विद्युत काठमाडौं उपत्यकामा आपूर्ति गर्न ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गरिरहेको छ। स्थानीयले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने भन्दै विरोध गरिरहेका छन्,।

यसअघि पनि २०८० साल मंसिरमा स्थानीयसँगको झडपमा सशस्त्र प्रहरीका डिएसपी देवराज राईसहित तीन सुरक्षाकर्मी घाइते भएका थिए। सबस्टेसन निर्माणका लागि आवश्यक १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ, जसका लागि ५० करोड रुपैयाँ मुआब्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *