Teachers Service Commission invites applications for secondary level

काठमाडौँ, शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन खुला गरेको छ। पुस २६ गतेको निर्णयअनुसार सामुदायिक विद्यालयका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिको लागि आवेदन मागिएको हो।

Teachers Service Commission invites applications for secondary level

आयोगले यस वर्ष ३६७ पदका लागि विज्ञापन आह्वान गरेको छ। गत वर्ष ४३६ पदका लागि विज्ञापन खुलाइएको थियो, जसअनुसार यो वर्ष ६९ पद कम विज्ञापन गरिएको छ। आयोगले सातै प्रदेशका लागि विभिन्न विषयमा आवेदन माग गरेको छ, जसमा नेपाली विषयका लागि ५१, अंग्रेजी ८४, गणित ७५, विज्ञान ८४, सामाजिक ५२, अर्थशास्त्र ३, शुक्लयजुर्वेद २, कार्यालय सञ्चालन तथा लेखा १०, संस्कृत व्याकरण २, संस्कृत भाषा १, शिक्षा शिक्षण १, सिद्धान्त ज्योतिष १, स्वास्थ्य तथा शारीरिक शिक्षा १ र फलित ज्योतिषका लागि १ जना शिक्षक आवश्यक छन्।

इच्छुक उम्मेदवारले पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने प्रक्रियाका लागि आयोगको वेबसाइट https://online.tsc.gov.np मा सम्पूर्ण विवरण भर्नुपर्नेछ। विस्तृत विज्ञापन तथा अन्य जानकारी आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।

आवेदनका लागि न्यूनतम उमेर १८ वर्ष र अधिकतम ४० वर्ष निर्धारण गरिएको छ। तर, स्थायी शिक्षकहरूको हकमा उमेरको सिमा लागू हुनेछैन। माध्यमिक तहको स्थायी अध्यापन अनुमति प्राप्त व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। सामाजिक विषयको अध्यापन अनुमति प्राप्त उम्मेदवारले अर्थशास्त्र र स्वास्थ्य तथा शारीरिक शिक्षाका विषयमा समेत आवेदन दिन सक्नेछन्। साथै, संस्कृत विषयका लागि नेपाली विषयमा स्थायी अध्यापन अनुमति प्राप्त व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *