तनहुँ, तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ भएको बस मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त हुँदा उक्त घटना भएको हो। मृतकहरूको शव परीक्षणका लागि पोखरा लैजाने तयारी भएको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार २६ जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एकजनाको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गौतमले दुर्घटनाको कारण हालसम्म नखुलेको जानकारी दिएका छन्।
दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ। यस घटनाले पुरै क्षेत्र शोकमग्न बनेको छ।