Syrian President Bashar al Assad arrives in Moscow claiming asylum in Russia

काठमाडौं, विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन्। रूसी सरकारी समाचार एजेन्सीहरूले असद परिवारसहित मस्को आएको जनाएका छन्।

Syrian President Bashar al Assad arrives in Moscow claiming asylum in Russia

सिरियाको गृहयुद्धका क्रममा देश छाड्न बाध्य भएका असदलाई रूसले शरण दिएको मिडिया रिपोर्टमा उल्लेख छ। अलजजिराका अनुसार, असद र उनका परिवारलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण दिएको छ।

यद्यपि बीबीसीले मस्कोमा असद रहेको खबरलाई पुष्टि गर्न नसकेको जनाएको छ।

राजधानी छाड्न बाध्य असद
आइतबार विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) ले सिरियाका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले राजधानी छाडेका थिए। तर उनी कहाँ गए भन्नेबारे विभिन्न अफवाह मात्र फैलिएका थिए। कतिपयले असद चढेको विमान दुर्घटना भएको जस्तो हल्ला गरेका थिए।

५० वर्षे शासन अन्त्य
२४ वर्षदेखि सत्ता चलाउँदै आएका बसर अल असद र उनका परिवारले सिरियामा करिब ५० वर्षसम्म शासन गरेका थिए। तर सन् २०११ मा शान्तिपूर्ण आन्दोलनबाट सुरु भएको विद्रोह गृहयुद्धमा परिणत भयो। यस संघर्षमा पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ भने एक करोड २० लाखभन्दा धेरै विस्थापित भएका छन्। तीमध्ये करिब ५० लाख शरणार्थी बनेका छन्।

रूससँगको सहकार्य
सिरियाको सरकारलाई सहयोग गर्दै आएको रूसले असदलाई मस्कोमा शरण दिएर आफ्नो दीर्घकालीन समर्थनलाई पुनः प्रमाणित गरेको हो। विद्रोहीहरूले राजधानी कब्जा गरेपछि असदले रूसी संरक्षण खोजेको अनुमान गरिएको छ।

सिरियाको भविष्य र असदको भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायमा बहस जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *