The consultation meeting of the central members of the Communist Party of Nepal Maoist Center and the provincial officials continued in Parisdanda 1

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले पार्टीलाई जनमुखी बनाउन र सङ्गठन विस्तार गर्न सुझाव दिएका छन्। पेरिसडाँडामा आज भएको परामर्श बैठकमा नेताहरूले सरकारमा गरेका सकारात्मक कामहरूलाई जनतामा पुग्नुपर्ने, सुशासन र समृद्धिको योजनामा भएको प्रगतिका बारेमा जानकारी गराउनुपर्ने धारणा राखेका थिए।

The consultation meeting of the central members of the Communist Party of Nepal Maoist Center and the provincial officials continued in Parisdanda 1

नेताहरूले पार्टीभित्र आन्तरिक एकतालाई बलियो बनाउन, एकीकृत रूपमा परिचालित हुन, र कुनै पनि विवाद वा द्वेष राख्न नहुनेमा जोड दिए। उनीहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका छन्। एकीकृत प्रयास गरेमा र विगतका गल्तीहरू स्वीकार गरेर अगाडि बढेमा पार्टी पुनःनिर्माण भएर प्रमुख शक्ति बन्न सक्ने धारणा व्यक्त गरेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक फलदायी भएको जानकारी दिएका छन् र पार्टीलाई थप सशक्त बनाउन केन्द्रित रहेको बताएका छन्। बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल र अग्निप्रसाद सापकोटालगायत नेताहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *