pokhara vs sudurpachimaancha

काठमाडौं, स्कट कुगेलेइनको ५ विकेटको प्रभावशाली प्रदर्शनले सुदूरपश्चिम रोएल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित दिलाएको छ।

pokhara vs sudurpachimaancha 1

सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराको टोली १४८ रनमै अलआउट हुन पुगेको थियो।

अन्तिम ओभरमा नाटकीय उतारचढाव

अन्तिम ओभरमा पोखरालाई जितका लागि ८ रन आवश्यक थियो। तर, कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए, जसका कारण पोखरा २ रन मात्र थप्न सक्यो र जित नजिक पुगेर पराजित भयो।

कुगेलेइनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट हात पारे। सुदूरपश्चिमका लागि हर्मीत सिंहले पनि ३ विकेट लिए।

पोखराका खेलाडीको प्रदर्शन

पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन बनाए भने रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रनको योगदान दिए। तर, बाँकी खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा टोली पराजित हुन पुग्यो।

सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो

यो जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। समान १० अंक भए पनि जनकपुर बोल्ट्स नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।

शीर्ष दुईमा स्थान पक्का गर्ने सम्भावना बलियो

यो जितले सुदूरपश्चिमको शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ। अब सुदूरपश्चिमले लिगको अन्तिम खेलमा सोमबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्लेअफ समीकरण

अहिलेसम्म जनकपुर, सुदूरपश्चिम, र चितवन राइनोज प्लेअफमा स्थान पक्का गरिसकेका छन्। चौथो स्थानको टुंगो भने सोमबारको खेलपछि लाग्नेछ।

कर्णालीले सुदूरपश्चिमसँग ठूलो अन्तरले हार टारे चौथो स्थान पक्का गर्नेछ। तर, ५३ रनभन्दा बढी अन्तरले पराजित भएमा काठमान्डुले कर्णालीलाई नेट रनरेटमा पछि पार्दै चौथो स्थानमा पुग्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *