काठमाडौँ, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३१.४३ अंकले घटेर २५९६ बिन्दुमा झरेको छ। २६२६ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लागेको हो।

समग्र बजार घटेपनि २९ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ। सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले बढेको छ।
यता, २११ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। नारायणी विकास बैंकको मूल्य ९.२१ प्रतिशतले घटेको छ।
कारोबार रकमको हिसाबले जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ, जसको १७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ।