span

काठमाडौं, स्पेनले चौथो पटक युरोकपको उपाधि जित्दै नयाँ कीर्तिमान बनाएको छ। जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चार पटक युरो जित्ने इतिहास रचेको हो।

span

स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे भने इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर दोस्रो हाफमा तीन गोल भए।

खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। तर, ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए। खेल बराबरीतर्फ अघि बढिरहेको समयमा ८६औं मिनेटमा ओयाजाबालले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। यसै अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो। यसरी स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ।

span 1

इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ। यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्डले घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो।

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो। समूह चरणमा स्पेनले क्रोएसियालाई ३-० तथा इटली र अल्बानियालाई समान १-० ले पराजित गर्दै क्लिनसिट राखेको थियो। अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४-१ ले हराएको स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स, र फाइनलमा इंग्ल्याण्डलाई समान २-१ को नतिजामा पराजित गर्‍यो। स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *