Untitled design 21

काठमाडौँ। फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान म्युनिख फुटबल एरेनामा सम्पन्न खेलमा स्पेनले फ्रान्सलाई २–१ गोलअन्तरले हराउँदै उपाधिनजिक पुगेको हो।

Untitled design 21

स्पेनको लागि लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले एक गोल गरे, तर त्यो पर्याप्त भएन।

खेलको नवौँ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, यो अग्रता धेरै समय टिक्न सकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।

त्यसको चार मिनेटपछि ओल्मोले अर्को गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समयमा थप गोल नभएपछि स्पेन फाइनलमा प्रवेश गर्‍यो। स्पेनले सोमबार बिहान उपाधिका लागि इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *