In Solukhumbu, the flood-water and meteorology department requested the residents of the lower coastal areas to be on high alertIn Solukhumbu, the flood-water and meteorology department requested the residents of the lower coastal areas to be on high alert

काठमाडौं, सोलुखुम्बुको थामे गाउँमा आएको बाढीको असरलाई ध्यानमा राख्दै, जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

In Solukhumbu the flood water and meteorology department requested the residents of the lower coastal areas to be on high alert

विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै, सोलुखुम्बुको जोरसल्ले देखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नभएसम्म सुरक्षित स्थानमा जान सल्लाह दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्बुको जोरसल्ले देखि तल दूधकोशीको तटीय क्षेत्रमा बास गर्नेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ।’

गृह मन्त्रालय विपद् महाशाखाका प्रमुख भीष्मकुमार भूसालले, सोलुखुम्बुको थामे क्षेत्रबाट आएको बाढीले थामे गाउँमा ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्क रहन आग्रह गरेका छन्।

थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदीको आसपासका क्षेत्रहरूलाई अत्यधिक जोखिममा रहेको भन्दै, नदी किनारका बासिन्दाहरूलाई सचेत रहन र सुरक्षित स्थानमा जान अपिल गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले भनेका छन्, ‘दूधकोशी नदीको किनारका क्षेत्रहरू अति जोखिममा रहेको हुँदा, यी क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन र सुरक्षित स्थानमा बस्नुहुन हार्दिक अपिल गर्दछौं।’

आज दिउँसो, सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी आएको आशंका गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *