धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। जेष्ठ २५ गते सपथ लिएका मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा आफ्नो पक्षमा मत प्राप्त गरेका हुन्।
प्रदेश सभामा मत विभाजन हुँदा उपस्थित १०१ जना प्रदेश सांसदमध्ये मुख्यमन्त्री सिंहको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ।
मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, कांग्रेस, लोसपा, र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले समर्थन गरेका छन्। जसपा, माओवादी, नेकपा एस, र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका हुन्।
नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि शनिबार बिहान मात्र मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए।