काठमाडौं, द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ को ९७औं एकेडेमी अवार्डका लागि नेपालको प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्भाला’ चयन भएको छ।
समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘शाम्भाला’लाई ९७औं अस्कर अवार्डमा प्रतिस्पर्धा गर्ने चलचित्रको रूपमा जानकारी दिएका छन्।
अंतर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिका अनुसार यस वर्ष अस्करका लागि प्राप्त एकमात्र आवेदन ‘शाम्भाला’ नै हो। समितिका अनुसार यो चलचित्रले अस्कर अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ।
चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक संरचनालाई विशेष ध्यानमा राखी यो चलचित्र प्रतियोगिताका लागि चयन गरिएको हो। नेपाली चलचित्र जगतमा यस चलचित्रको महत्वपूर्ण स्थान रहने विश्वास गरिएको छ।
शुभकामना !!!