काठमाडौँ, आज (सोमबार) ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने सेमिफाइनल खेलमा साविक विजेता भारत र बंगलादेश आमनेसामने हुनेछन्। खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको छ र यस च्याम्पियनसिपमा अपराजित रहँदै आएको छ। जबकि बंगलादेश समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको छ। समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो।
यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालसामना गर्नेछ। नेपालले पहिलो सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
फाइनल खेल बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ।