काठमाडौं, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
आइतबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका केही ठाउँमा कुहिरो पनि देखिएको छ। यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। यद्यपि, कुनै पनि क्षेत्रमा हिमपात वा वर्षाको सम्भावना नरहेको महाशाखाले स्पष्ट पारेको छ।